३१ आश्विन २०८३, शनिबार

गुरुहरुकै आव्हानमा सरकारी विद्यालय बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक । आफूसँग विगतमा गरिएका सहमति कार्यान्वयन नभएको भन्दै अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले शुक्रबार काठमाडौं उपत्यकाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गराएको छ ।

माग पूरा गराउन अनशनमा रहेका आफ्ना शिक्षकलाई प्रहरीले दुव्र्यबहार गरी शान्तिवाटिकाबाट हटाएको विरोधमा शुक्रबार विद्यालय बन्दको कार्यक्रम गरिएको समितिले जनाएको छ । हाल उपत्यकामा करिव आठसय सरकारी विद्यालय छन् ।

विद्यालय बन्दको कार्यक्रमबारे पूर्व जानकारी नपाएका कतिपय सरकारी विद्यालयले पठनपाठनलाई नियमित गराएका छन् । समितिका अध्यक्ष निरेन्द्र कुँवरले आफूहरूले जबर्जस्ती बन्द नगराएको स्पष्ट गर्दै आन्दोलनमा दबाब सिर्जना गर्न यस्तो कार्यक्रम गर्न बाध्य भएको बताउनुभयो ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने र सफल नहुनेलाई राहत सुविधासहित सम्मानजनक अवकास दिलाउन सरकार र समितिबीच पटक पटक सहमति भएको थियो ।