३१ आश्विन २०८३, शनिबार

टेलिकमका नक्कली रिचार्ज कार्ड अछाममा धमाधम विक्रि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, २० कात्तिक । अछाममा नेपाल टेलिकमका नक्कली रिचार्ज कार्ड बिक्री वितरण हुने गरेका छन् ।

जिल्लाका व्यापारिक केन्द्रमा रहेका डिलरबाट नमस्तेको रु १०० को नक्कली रिचार्ज कार्ड बिक्री हुने गरेको पाइएको हो ।

जिल्ला सदरमुकाममा रहेको एक डिलरबाट तीन हजारका  रिचार्ज कार्ड लिएको र आफूले रिचार्ज गर्दा नभएको अछामको चालसा गाविसका जीवन थापाले बताउनुभयो ।

बजारमा आएका नक्कली रिचार्ज कार्डको मारमा आफू परेको रानीवन गाविसका अम्मर न्यौपानेले बताउनुभयो । यस्तै जिल्लाको कुईका गाविसका लोकराज ढकालले स्थानीय बजारमा आफूले खरिद गरेको दुईवटा नमस्तेको रिचार्जकार्ड रिचार्ज नभएको नेपाल टेलिकमको सर्भिस सेन्टरमा सोध्दा उक्त रिचार्ज कार्ड नम्बर नरहेको र स्थानीय डिलरमा लैजान भनेकाले आफू डिलरमा जाँदा रिचार्ज फिर्ता नपाएको बताएका छन् ।

यस्तै मङ्गलसैन नगरपालिका–६ का देवराज भण्डारीले र विनायकका रामबहादुर रावतले खरिद गरेको रिचार्ज कार्ड पनि यस्तै भएको थियो ।

जिल्लामा बिक्री वितरण भएर उपभोक्ता ठगिँदा पनि नेपाल टेलिकमले भने आँखा चिम्लेर बसिरहेको छ । यसबारे नेपाल टेलिकमको शाखा कार्यालयलाई भने जानकारी नभएको बताइएको छ । रासस