५ कार्तिक २०८३, बिहिबार

बाबुराम भाइरल ज्वरोले थलिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai2_20120319082241काठमाडौ, २० कात्तिक । एमाओवादीका नेता एवं संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका समितिका सभापति  डा. बाबुराम भट्टराई भाइरल  ज्वरोले थलिनु भएको छ ।

उहाँले सामाजिक सञ्जाल फेस बुकमा बिहीबार बिहान स्टाटस लेखेर यस्तो जानकारी दिनुभएको हो । उहाँले स्टाटसमा ‘भाइरल ज्वरोका कारण केही दिन पूर्ण आराम गर्न डाक्टरको सल्लाह’ भनेर लेख्नु भएको छ ।

उहाँको निजी सचिवालयले दिएको जानकारी अनुसार उहाँलाई केही दिनदेखि दलहरुबीचको छलफललाई तीब्र बनाउदै आउनु भएका भट्टराईलाई धपेडीका कारण भाइरल ज्वरोले समातेको हो ।

सम्वाद तथा सहमति समितिका समितिका सभापति नै  विरामी परेपछि दलहरुबीचको छलफल प्रक्रियामा पनि केही दिनका लागि अवरुद्ध हुने भएको छ ।