५ कार्तिक २०८३, बिहिबार

१० वा ११ प्रदेशबाट पछि नफर्किने प्रचण्डको अडान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaइलाम, १९ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौता र बाह्रबुँदे सम्झौताको क्षेत्रभित्र रहेर संविधान बनाउनुपर्नेमा अङ्कगणितकै भरमा मात्र संविधान लेख्ने प्रयास गर्नु गम्भीर गल्ती भएको बताउनुभएको छ ।

सूर्योदय नगरपालिकाको फिक्कलमा बुधबार आयोजित पत्रकार भेटघाटमा उहाँले काँग्रेस एमालेले ल्याएको सात प्रदेशको प्रस्तावमा गणतन्त्र सङ्घीयतालगायत भाव नभएको जिकिर गर्नुभयो ।

राज्य पुनःसंरचनामा पहिला एक हिसाबबाट सहमतिको नजिक पुगेको १० वा ११ प्रदेशको प्रस्तावको सेरोफेरोमा सहमति गर्न उपयुक्त हुने बताउँदै उहाँले एकल र बहुपहिचान भन्ने सवाल ठूलो कुरा होइन भन्नुभयो ।

संवाद समितिले सहमतिको प्रयास जारी राखेको बताउँदै उहाँले माघ ८ मै संविधान पाउने आस भने मरि सकेको छैन भन्नुभयो ।