इलाम, १९ कात्तिक । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले ‘एक मधेस एक प्रदेश’का पक्षमा आफूहरू नरहेको बताउनु भएको छ ।
२२ दलको सभालाई सम्वोधन गर्न पूर्वाञ्चलको इमाल पुग्नु भएका गच्छदारले बुधबार फिक्कलमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो ।
उहाँले मधेसका भूभागलाई पहाडसँगै मिसाएर प्रदेश विभाजन गर्दा आफूहरूलाई आपत्ति नहुने पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।















प्रतिक्रिया