३१ आश्विन २०८३, शनिबार

कार्यालय प्रमुख आफैँ सडक सफाइमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, १९ कात्तिक । महोत्तरीको जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत सुजितकुमार कर्ण आफैँ सडक सफाइमा उत्रनुभएको छ ।

जिल्ला सदरमुकामस्थित जलेश्वर नगरपालिका क्षेत्रभित्र बाटो च्यापेर राखिएका सरसामान तथा सडक अतिक्रमण गरेर सञ्चालन गरिएका पसल र टहरा हटाउन पटक पटक अनुरोध गरिंँदा पनि व्यवसायीले नमानेपछि आजदेखि आफू सडकमा निस्कनु परेको उहाँले बताउनुभयो ।

नगरपालिकाका प्रमुख कर्ण आफ्ना करिब २० कर्मचारीसँगै जलेश्वर नगरको बाटाको दुवै छेउमा रहेका पसल, टहरा र सडक पेटीमा राखिएका पसलसहित सडकमा आवागमन अवरुद्ध हुने गरी स्थानीयवासीले राखेका ढुङ््गा, बालुवा  र  गिर्टृी सबै उठाउन लगाउने र हटाउने अभियानमा जुट्नुभएको हो । उहाँले नगरपालिकाका स्काभेटर, टिपर र ट्रयाक्टर प्रयोग गरी सबै सामान उठाएर लैजाने काम थाल्नुभएको हो ।

कार्यकारी अधिकृत कर्ण सडकपेटीमा रहेको नालासम्म सफा गरिरहनुभएको छ ।  अनधिकृत तवरले सडक अतिक्रमण गरी पसल व्यवसाय थालेका सबैलाई हटाउने अभियान चलाएर कर्णले जलेश्वरको बाटो फराकिलो बनाउनाका साथै नगरभरि छाडा रहेका गाई, गोरु, साँढे र सँुगुरलाइ कर्मचारी लगाई समातेर कारबाही गरिहनुभएको छ । रासस