३१ आश्विन २०८३, शनिबार

राँके बजारमा लागेको आगो नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १९ कार्तिक । राँके बजारमा बुधबार बिहानदेखि लागेको आगो  नियन्त्रणमा आएको छ। प्रहरी, स्थानीय, सशस्त्र प्रहरी र दमकलले आगलागी नियन्त्रणमा लिएको हो। विष्णु सुनुवारको घरबाट विद्युत सर्ट भर्इ  आगो लागेको थियो ।

इलाम सदरमुकामबाट ३४ किलोमिटर पश्चिम–उत्तरमा पर्ने इलाम र पाँचथरको सीमामाको राँके बजारमा बिहान करिब ८ बजेदेखि सुरु भएको आगलागी  नियन्त्रणमा आएको हो ।

प्राप्त जानकारी अनुसार आगलागीबाट १० वटा घर जलेर नष्ट भएका छन् ।  आगलागि भएका सबै घरमा पसल रहेको थियो ।