५ कार्तिक २०८३, बिहिबार

लोकमानको रवाफले अर्थ समितिमा यस्तो चल्यो जुहारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokman-2काठमाडौँ, १९ कात्तिक ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको रवाफको तजाततै चर्चा हुने गर्छ ।

राजाको प्रत्यक्ष शासनमा होस वा लोकतन्त्रवादीहरुले चलाएको शासनमा नै किन नहोस उनको रवाफमा कुनै कमी देखिदैँन । बेला–बेला उनको रवाफको चर्चा हुन्छ भने धेरै समय आलोचना ।

अख्तियारले काबेली जलविद्युत आयोजना लगायत अन्य विद्युत आयोजनाको दर्ता खारेज गर्न उर्जा मन्त्रालयलाई दिएको निर्देशनका सम्बन्धमा आयोगको भनाई राख्न बुधबार कार्कीलाई संसदको अर्थ समितिले बैठकमा आमन्त्रण गरेको थियो ।

उक्त बैठकमा पनि उनले आफ्नो रवाफ देखाएपछि सभासद्हरु उनीसँग रुष्ट बनेका छन् । अर्थ समितिमा एकतर्फी जवाफ दिएर कार्की निस्किन लागेका थिए । समितिका सदस्यहरुले उनको विरोध गर्दै उनलाई बैठकमै बस्न बाध्य पारे ।

यतिसम्म कि अर्थ समितिका सभापति प्रकाश ज्वालाले अख्तियारले दैनिक रुपमा चलाउँदै आएका गतिविधिका बारेमा कार्कीलाई आफ्ना भनाई राख्न गरेको आग्रहलाई समेत उनले रवाफिलो शैलीमा मौखिक जवाफ फर्काए ।

केही विषयमा भने  लिखित जवाफ पेश गरेका कार्कीले सुरुमै आयोग मुलुकको एउटा अति संवेदनशील संवैधानिक निकायको रुपमा रहेको भन्दै आफू त्यसको प्रमुख भएकाले सरकारको ‘वाच डग’ मात्रै भएको प्रतिक्रिया दिए ।

समितिका सदस्यहरुले काबेली जलविद्युत आयोजना लगायतका आयोजनाको अनुमति पत्र खारेज गर्ने निर्देशनको विषयमा प्रश्न गर्दा कार्कीले आफ्नै पाराको जवाफ फर्काएका थिए ।

बैठकमा पूर्व अर्थमन्त्री समेत रहेका समितिका सदस्य सुरेन्द्र पाण्डेले अख्तियारको कार्यशैलीप्रति आलोचना गरेका थिए । कार्कीले पाण्डेको जवाफफर्काउँदै अख्तियारलाई आफ्नो भूमिका राम्रोसित थाहा भएको चुनौतिपूर्ण प्रतिक्रिया दिएका थिए ।

त्यति मात्र होइन, कार्कीले आफूलाई बोलाउने अधिकार जुनसुकै संसदीय समितिलाई नभएको भन्दै अबदेखि अर्थ समितिमा नआउनेसमेत चेतावनी दिए ।

अर्थ समितिको बैठकमा सभासद सुरेन्द्र पाण्डे, शक्ति बस्नेत, चन्द्र भण्डारीलगायतले विकास आयोजनामा अख्तियारले हस्तक्षेप गरेका कारण विकासका काम ठप्प हुन थालेको भन्दै अख्तियारको आलोचना गरेका थिए ।