३१ आश्विन २०८३, शनिबार

बाबुरामले किन गरे महाभारतका भिष्मसँग आफ्नो तुलना ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai2_20120319082241काठमाडौँ, १९ कात्तिक ।  संविधानका विवादित विषयमा सहमति जुटाउन गठित संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले आफूलाई महाभारतका पात्र भीष्मसँग तुलना गर्नुभएको छ ।

उहाँले आफ्नो फेसबुक पेजमार्फत स्टाटस लेख्दै भन्नु्भएको छ– संवाद समितिको सभापतिको हैसियतमा मेरो मनोदशा यति वेला द्वापर युगको महाभारतका भीष्मको जस्तो भएको छ ? ’

भट्टराईले स्टाटसमा लेख्नु भएको छ । ‘आफ्नै वंशज कौरव र पाण्डवबीचको विनाशकारी युद्धलाई भीष्मले मात्र रोक्न सक्थे, हस्तिनापुरको राजसिंहासनको रक्षा गर्ने उनको यान्त्रिक ‘भीष्म प्रतीज्ञा’ ले गर्दा आफ्नै वुहारी द्रौपदीको चीरहरण हुँदा उनी टुलुटुलु हेरेर बसे र अन्ततः महाभारत युद्ध उनले रोक्न सकेनन्!

उहाँले द्वापर युगमा भीष्मसँग आफुलाई तुलना गर्दै नेपाल यतिवेला १२ बुँदे समझदारी यताका सहयात्रीहरुबीचमा अर्को ‘महाभारत’ को संघारमा उभिएको प्रतीत भएको बताउनु भएको छ ।

‘अबको महाभारतले दुवै पक्षको विनास गर्ने र देश अतिवादीहरुको हातमा जाने र राष्ट्रिय स्वाधीनता र अखण्डता नै गम्भीर संकटमा पर्ने खतरा उत्पन्न भएको छ,’ उहाँले भन्नुभएको छ, ‘कलीयुगमा जन्मेका भए भीष्मले के गर्दा हुन् ? हाम्रा कृष्ण, माधव, श्याम, अर्जुनहरुले केही सुझाव दिन सक्छन् कि ? उहाँले सुझाव माग्नु भएको छ ।

उहाँले करिब १३ घण्टा अघि पोष्ट गर्नुभएको स्टाटसमा १५ हजार ७ सय बढीले लाइक गरेका छन् भने झण्डै २ हजार ४ सय कमेण्ट आएका छन् । ४ सय ४३ जनाले उहाँको स्टाटस सेयर गरेका छन् ।