५ कार्तिक २०८३, बिहिबार

राँके बजारमा लागेको आगो नियन्त्रण बाहिर १० वटा घर पूर्ण रूपमा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १९ कार्तिक । राँके बजारमा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण बाहिर रहेको छ। विष्णु सुनुवारको घरबाट विद्युत सर्ट भर्इ  आगो लागेको हो ।

इलाम सदरमुकामबाट ३४ किलोमिटर पश्चिम–उत्तरमा पर्ने इलाम र पाँचथरको सीमामाको राँके बजारमा बिहान करिब ८ बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको हो ।

प्राप्त जानकारी अनुसार अहिलेसम्म करिब १० वटा घर जलिसकेका छन् ।  आगलागि भएका सबै घरमा पसल रहेको थियो ।

विष्णु सुनुवारको घरबाट विद्युत सर्ट भइ सल्किएको आगो ले छिमेकी कर्ण गुरुङ, प्रेम चेम्जोङ, नेत्र लामिछाने, वाङ्गेल तामाङ, राम आचार्य, भूपेन्द्र गौतम र राजेन्द्र गौतमको घर भेट्टाएको हो।

प्रहरी, स्थानीय, शसस्त्र प्रहरी र दमकलले गरेको आगलागी नियन्त्रणमको प्रयास गरिरहेका छन्।