काठमाडौँ, १८ कात्तिक । सरकारी जागिरको आवरणमा अनेक धन्दा गर्ने कर्मचारीको निजामती सेवामा ठूलै भिड छ । ट्रेड यूनियनको नाममा राजनीति गर्ने कतिपय तल्लो तहका कर्मचारीहरू सचिवभन्दा पावारपूmल छन् । ठूला नेताहरूको प्रिय बनेर अनेक धन्दा गर्ने कर्मचारीलाई अख्तियारले समेत छुन सकेको छैन ।
त्यसरी कांग्रेसका नेताहरूको आडमा धन्दा चलाउने एक कर्मचारीलाई भने प्रहरीले छानबिन थालेको छ । मानवतस्करीमा सहयोग गरेको आरोपमा सहरी विकासमन्त्री नारायण खड्काका पीए शाखा अधिकृत नारायण खतिवडामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन थालेको छ ।
एनजीओको आवरणमा अमेरिका र अष्ट्रेलियामा मानवतस्करी गर्दै आएका श्यामराज पाण्डेसँग . नारायण खतिवडा मिलेको प्रमाणहरू प्रहरीले भेटाएको छ । सर्वसाधारणलाई भिषाका लागि सरकारी चिठी पत्रहरू लेखेर खतिवडाले मानव तस्करीमा सहयोग गरेका थिए । छविराज पन्त मन्त्री हुँदा पनि खतिवडा मन्त्रीका निकट व्यक्ति थिए ।
सहरी विकास मन्त्रालय सहसचिव सुनीलकुमार कर्ण पनि खतिवडास“गै छानबिनमा तानिएका छन् । उनीहरूको फाइल अख्तियारले समेत झिकाएर अनुसन्धान थालेको छ । गैंह्रसरकारी संस्थाको आवरणमा यूरोप, अमेरिका, अष्ट्रेलिया, क्यानाडा जस्ता देशमा मानव तस्करी गर्दै आएका श्यामराज पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गर्दा मानवतस्करीमा उच्च तहका निजामती कर्मचारीहरूको संलग्नता भेटिएको हो । दुई महिना अघि पक्राउ परेका पाण्डे हाल थुनामै छन् ।
छानविनमा तानिएकाहरूमा सहरी विकास तथा भवन निर्माण विभागमा उपमहानिर्देशक रहेका कर्णसहित उपसचिव विनोद खनाल, शाखा अधिकृत लगायतका कर्मचारी छन् । त्यस्तै फोहोर व्यवस्थापन प्राविधिक सहायता केन्द्रकी कार्यकारी निर्देशक सुमित्रा अमात्य पनि छानविनमा तानिएको स्रोत बताउ“छ । दुई महिनाअघि पक्राउ परेका पाण्डेले सेमिनारका नाममा सरकारी कर्मचारीस“गै सर्वसाधारणलाई विभिन्न देशमा पठाउन लाखौं असुल्ने गरेका थिए ।
सर्वसाधारणलाई समेत त्यस्ता सेमिनारमा भाग लिनका लागि सरकारी कर्मचारीहरूले चिठी लेखिदिएर भिषाका लागि सहयोग गर्दै आएका थिए । त्यस्ता अधिकांश चिठीमा खतिवडाको हस्ताक्षर छ ।
अनुसन्धानमा आबद्ध अख्तियारका अधिकारीका अनुसार पाण्डेले कम्तीमा नौं पटकसम्म सहरी विकास मन्त्रालयका कर्मचारीलाई विदेश पठाएका थिए । यसरी पाण्डेको व्यवस्थापनमा विदेश घुम्ने कर्मचारीको संख्यामा २० भन्दा धेरै छ । पाण्डेले सहरी विकाससम्बन्धी काम गर्ने भन्दै विभिन्न एनजीओहरू खोलेका छन् ।
त्यही संस्थाबाट आफ्नै खर्चमा सरकारी कर्मचारीलाई विदेश पठाई उनीहरूसँगैै सर्वसाधारणलाई समेत पठाउने गर्दथे । त्यसरी सर्वसाधारणलाई विभिन्न देश पठाउँदा उनले एकैजनासँग ५ लाखदेखि ४० लाख रुपैयाँसम्म असुल्ने गरेको सीआईबीले गरेको अनुसन्धानमा खुलेको थियो ।
पाण्डेविरुद्ध वैदेशिक रोजगार विभाग, सीआईबी, महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगीका विभिन्न उजुरी छन् । उनले मानवतस्करीका लागि सरकारी कागजपत्र बनाएरसमेत सहयोग गर्दै आएका थिए । सरकारी अधिकारीहरूले नै भिषाका लागि भिषा नोटसमेत दिएको खुलेको छ । यसका साथै रातो पासपोर्ट जस्तै निलो पासपोर्ट पनि दुरुपयोग भएको हुनसक्ने प्रहरी आशंका छ ।
आफूले धेरै जनालाई यूरोप अमेरिका पठाएको भन्दै पाँच सयभन्दा धेरैसँग उनले पैसा उठाएका थिए । पहुँच देखाएर उनले करोडौं ठगी गरेको उजुरीका आधारमा सीआईबीले उनलाई दुई महिनाअघि पक्राउ गरेको थियो ।
सहरी फोहर प्राविधिक व्यवस्थापन सेवा, समिक्षक टी एन्ड कफि स्टेट, काठमाडौं महानगर ठोस फोहोर व्यवस्थापन सेवा, एसियन विजनेश कन्सलटेन्सी, सहरी वैकल्पिक ऊर्जा प्रालि, ग्लोबल विजनेश सेन्टर प्रालि जस्ता संस्थाको नाममा उनले ठगी गरेका हुन् ।
सीआईबीका अनुसार पुरानो मुद्दामा पनि उनी फरार अभियुक्त भएको खुलेको छ । २०६२ साल २१ पुसमा काठमाडौं जिल्ला अदालतले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइसकेको थियो ।
नेपाली सेनाको कागजपत्र कीर्ते गरेको आरोपमा उनी त्यसबेला पक्राउ परेका थिए । प्रहरी र वैदेशिक रोजगार विभागले उनलाई विभिन्न ठगी, कीर्ते, बैंकिङ कसुर लगायतका मुद्दा दायर गरेपनि सबै मुद्दामा उनी धरौटी राखेर छुटेकामा पुरानो कैद सजायका लागि उनलाई जेल चलान गरेकोमा सीआईबीले समेत उनीमाथि छानबिन थालेको हो ।
तर छानबिनमा तानिएका सरकारी कर्मचारीहरू आफूलाई बचाउन कांग्रेस नेताहरूमार्फत् अख्तियारमा सोर्सफोर्स लगाइरहेका छन् । दृष्टि साप्ताहिकबाट















प्रतिक्रिया