५ कार्तिक २०८३, बिहिबार

हतारमा गलत निर्णय गरेर द्वन्द्वको पुनरावृत्ति नगरौंः सभापति भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattaraiकाठमाडौं, १८ कात्तिक । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान निर्माणको कुरामा हतारमा गलत निर्णय गरेर द्वन्द्वको पुनरावृत्ति गर्न नहुने बताउनुभएको छ ।

संवाद समितिको मंगलबारको बैठकपछि सभापति भट्टराईले भन्नुभयो – ‘संविधानसभाबाट संविधान बनाउने कुरा भनेको विगतको द्वन्द्वको व्यवस्थापन गर्ने कुरा पनि हो ।

त्यसैले हामीले हतारमा गलत निर्णय गरेर फेरि द्वन्द्वको पुनरावृत्ति गर्नुसट्टा केही समय लिएर द्वन्द्वलाई स्थायीरुपले समाधान गर्ने नै कोशिस गर्नुपर्छ ।’

सभापति भट्टराईले समितिको बैठकमा छलफल चलिरहेको र छलफल नटुंगिएको बताउनुभयो । ‘छलफल टुंगिएको छैन र यो निरन्तर जारी रहन्छ ।

यो क्रममा शीर्ष नेताहरुसँग र संविधानसभाका अध्यक्षज्यूसँग पनि परामर्श गरेर यसलाई कसरी टुंग्याउने भन्ने विषयमा निर्णयमा पुग्छौं’, उहाँले भन्नुभयो – ‘असाध्यै महत्वपूर्ण विषय भएको हुनाले हामीले केही समय लिएर भए पनि यो विषयलाई अन्ततस् सुखद् ढंगले टुंग्याउनै पर्छ ।’