५ कार्तिक २०८३, बिहिबार

प्रचण्डका नजरमा काँग्रेस र एमाले यसकारण भए यथास्थितिवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchanda सुरुङ्गा (झापा), १८ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा (एमाले)ले २०४७ सालको संविधान ब्युँताउन खोजेको आरोप लगाउनुभएको छ ।

बाइस दलीय मोर्चाको आयोजनामा पाँचथरको फिदिममा हुने आमसभालाई सम्बोधन गर्न जाने क्रममा मंगलबार झापाको सुरुङ्गामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

पूर्व प्रधानमन्त्री तथा २२ दलीय मोर्चाका संयोजकसमेत रहनुभएका दाहालले मोर्चाको पहिलो सर्त भनेको तोकिएको समयमा संविधान जारी गर्नु हो भन्नुभयो ।

अघिल्लो संविधानसभाबाटै सहमति भइसकेका मिश्रित निर्वाचन प्रणाली, पहिचान र सामथ्र्यको आधारमा सङ्घीयताको निर्माणलगायतका बुँदालाई लत्याएर दुबै दलले २०४७ सालको जस्तो बहुमतीय निर्वाचन प्रणाली, राजाले घोषणा गरेजस्तो पाँच विकास क्षेत्रलाई नै थपघट गरी प्रदेश बनाउनेजस्ता प्रस्ताव अघि सारेर संविधानसभालाई भाँड्ने कुनियत राखेको उहाँको भनाइ थियो ।

यसैबीच, मोर्चाका अर्का नेता एवम् फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सबै भाषाभाषी, जातजाति र सबै क्षेत्रका जनताको साझा दस्तावेजका रुपमा आफूहरूले नयाँ संविधान बनाउन चाहेको बताउनुभयो ।

पाँचथरको फिदिममा हुने कार्यक्रममा सहभागी हुन एमाओवादीका अध्यक्ष दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारसहित एमाओवादीका सचिव वर्षमान पुन अनन्तको टोली बिहान पाँचथर प्रस्थान गरेको छ । रासस