५ कार्तिक २०८३, बिहिबार

लोकमानलाई किन बोलायो लेखा समितिले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

LOK_MAN_SINGH_KARKIकाठमाडौँ, १८ कात्तिक । संसदको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई पुनः बोलाउने निर्णय गरेको छ।

समितिको मंगलबार बसेको बैठकमा सभासद्हरुले अख्तियारले क्षेत्राधिकार मिचेर निर्देशन दिन थालेको भन्दै विरोध गरेपछि अख्तियार प्रमुखलाई बोलाउने निर्णय भएको लेखा समिति सदस्य एवं काँग्रेस सभासद् रामहरि खतिवडाले दैनिक नेपाललाई जानकारी दिनुभयो ।

अख्तियारले ठुला–ठूला घटनालाई वास्ता नगरेको सुव्वा, खरदार पदका व्यक्तिहरुलाई मात्र कारवाही गरेको जस्ता आरोप सभाद्हरुले लगाएको खतिवडाले जानकारी दिनुभयो । कार्कीलाई यस अघि पनि समितिले बोलाएको थियो ।