३१ आश्विन २०८३, शनिबार

बिरामी कुरुवाघर निर्माणका लागि ध्रुवकुमारले गरे दस लाख सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), १८ कात्तिक । चितवनका एक व्यक्तिले बिरामी कुरुवाघर बनाउनका लागि रु १० लाख ११ हजार सहयोग गरेका छन् । स्थानीय समाजसेवी ध्रुवकुमार प्रधानले सो सहयोग गर्नुभएको हो ।

क्यान्सर रोगको उपचारका लागि आएका गरिब परिवारका बिरामी र तिनका आफन्त बस्न मिल्ने गरी चितवनको क्यान्सर अस्पताल परिसरमा सुविधासम्पन्न बिरामी कुरुवा घर बनाउन प्रक्रिया सुरु भएको छ  ।

बिरामी र आफन्तले क्यान्सर अस्पतालमा उपचार गराउन आउँदा महँगो होटलमा बस्नुपर्ने बाध्यता रहेकाले उनीहरूको सहुलियतका लागि घर निर्माण गर्न लागिएको हो । नेपाल अर्बुद रोग निवारण संस्थाको पहलमा उक्त घर निर्माण गर्न लागिएको हो ।

संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले भवन निर्माणका लागि सहयोग आउने क्रम जारी रहेको बताउनुभयो । करिब रु ४० लाखको लागतमा ४० जना विपन्न बिरामी र उनीहरूका आफन्त बस्न मिल्ने गरी कुरुवाघर निर्माण गर्न लागिएको हो ।

गरिब र विपन्नलाई लक्षित गरेर ल्याइएको कार्यक्रममा सहमति जुटे आगामी मङ्सिर–पुसदेखि नै निर्माणको काम थालिने संस्थाले जनाएको छ । अहिलेसम्म कुल रु १९ लाख जम्मा भइसकेको जानकारी अध्यक्ष चुकेले दिनुभयो ।  रासस