५ कार्तिक २०८३, बिहिबार

एमाले केन्द्रीय कमिटी बैठक स्थगनको जानकारी एसएमएसबाट, नेपाल समुह रुष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

umlकाठमाडौँ, १८ कात्तिक । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक अन्तिम समयमा आएर पुनः स्थगन भएको छ ।

आन्तरिक विषयमा छलफल गर्नका लागि भनेर मंगलबारका लागि बोलाइएको एमाले केन्द्रीय कमिटीको बैठक सुरु हुनु भन्दा केही घण्टा अघि मात्र स्थगन भएको हो ।

बल्खुस्थित पार्टी मुख्यालयमा मंगलबार ११ बजेका लागि बोलाइएको बैठकमा पोलिट्ब्युरो र स्थायी समिति सदस्य मनोनयलागयतका विषयमा छलफल हुने तयारी भएको थियो ।

यही कात्तिक १४ गते शुरु भएको बैठकको पहिलो दिनमै  पहिलो दिनमै
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सात बुँदे ध्यानाकर्षण पत्र अध्यक्ष केपी शर्मा ओली समक्ष प्रस्तुत गरेपछि ओलीले बैठक आज सम्मका लागि  स्थगन भएको जानकारी गराउनु भएको थियो ।

आज हुने भनिएको बैठकमा अघिल्लो बैठकमा माधवकुमार नेपालले पेस गरेको ध्यानाकर्षण पत्रको अध्यक्ष  ओलीले जवाफ दिने बताइएको थियो ।

अघिल्लो केन्द्रीय कमिटी बैठकमा नेपालले अध्यक्ष ओलीले निरंकुश कार्यशैशी  अपनाउँदै पार्टी भित्र र बाहिर पनि विग्रह ल्याउन खोजिरहेको लगायतका सात बुँदे ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो ।

पार्टी एकता र सुदृढिकरणका लागि मेरो अपील शीर्षकमा नेपालले अध्यक्ष ओलीले पार्टीभित्र र बाहिर सहमति भन्दा पनि विग्रह ल्याउन खोजेकोे, एमालेले राज्य पुनर्संरचनाका लागि पहिचानसहितको सात प्रदेशको अडान राखिरहेकोमा व्यक्तिगत हिसाबले पार्टीको पद्धतिविपरीत चार प्रदेशको अवधारणा प्रमुख तीन दलको बैठकमा राखेको जस्ता आरोप लगाउनु भएको थियो ।

त्यसैगरी ध्यानाकर्षण पत्रमा सांसद चयन, मन्त्री हेरफेर लगायतका विषयमा पनि पार्टीभित्र कुनै छलफल नगरिएको, निर्वाचित भएपछि संयमित हुनुपर्नेमा झन् उग्र व्यवहार देखाएको, महाधिवेशनको निर्णय नमानेको, व्यक्तिगत रुपमा फाइदा पुग्ने गरी विधान तोडमरोड गरिएको, केन्द्रीय कमिटीको बैठकको निर्णय उल्लङ्घन भएको, पार्टीको विधान र संगठनात्मक पद्दति मिचेको लगायतका आरोप पनि नेपालले ओलीमाथि लगाउनु भएको थियो ।

यसरी अन्तिम समयमा आएर बैठक स्थगन भएको सुचना एसएमएस मार्फत पठाएको भन्दै नेपाल समुहका सदस्यहरुले आक्रोस पोखेका छन् । ‘आज विहान मात्र बैठक स्थगन भएको एसएमएस आयो,’ केन्द्रीय सदस्य रचना खड्काले भन्नुभयो, ‘के कारणले बैठक स्थगन भयो भन्ने कुनै जानकारी छैन ।’
एसएमएसमा आज दिउँसो ११ बजे बस्ने भनिएको बैठक आगामी २२ गते बस्ने गरी स्थगन भएको जानकारी गराएको खड्काले बताउनुभयो ।

यता ओली पक्षले भने राष्ट्रिय राजनीतिमा दलीय छलफल तीव्र रुपमा चलेकाले शीर्ष नेताहरु बैठकमा सहभागी हुनु पर्ने भएकाले केन्द्रीय कमिटी बैठक स्थगन गरेको जानकारी दिएका छन् ।