काठमाडौं, १८ कात्तिक । मकवानपुर जिल्लाको हेटौँडा नगरपालिकामा ट्रक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
सर्लाहीबाट इँट्टा लिएर चितवन जाँदै गरेको ना ४ ख १२५२ नम्बरको ट्रक आज बिहान पाँच बजे हेटौँडा नगरपालिका वडा नम्बर पाँच चुरियामाइमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा नौ यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्रक सडकको बाँया तर्फ पल्टिएको छ ।















प्रतिक्रिया