३१ आश्विन २०८३, शनिबार

प्रेस चौतारी पर्वतमा सापकोटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laxman-sapkota

पर्वत, १७ कात्तिक । प्रेस चौतारी पर्वतको चौथो अधिवेशनले लक्ष्मण सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी निर्विरोध निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा गणेश गिरी, सचिबमा कृष्ण अखेली, सहसचिबमा नवराज गिरी र कोषाध्यक्षमा सुनिता शर्मा रहेका छन् । त्यस्तै सदस्यहरुमा सुवास लामिछाने, राजेन्द्र भुषाल, लकास सुवेदी, डिलबहादुर विक, रामचन्द्र नेपाली, मंगला विश्वकर्मा रहेका छन् ।

त्यस्तैगरी सल्लाहाकारमा प्रेस चौतारी पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, पूर्व अध्यक्षहरु राजेन्द्र पहाडी, इन्द्रमान खत्री निवर्तमान अध्यक्ष गणेश पौडेल र गणेश पौडेल विषम रहेका छन् ।

यसैबीच प्रेस चौतारी पर्वत शाखाले स्थापना गरेको सिर्जनशिल पत्रकारिता पुरस्कार पत्रकार सन्तोष थापालाई प्रदान गरिएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा लागेर जिल्लाको चौतर्फी क्षेत्रमा योगदान पु¥याएको भन्दै उनलाई दोसल्ला र नगद पुरस्कारले सम्मान गरिएको हो । पुरस्कारको राशि ११ हजार १ सय ११ रहेको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष गणेश पौडेलले नवनिर्वाचित अध्यक्ष सापकोटालाई माईन्यूट हस्तान्तरण गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सवै पक्षलाई धन्यवाद समेत दिएका थिए ।