जनकपुरधाम, १७ कात्तिक । सार्कको शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री स्थलमार्ग हुँदै जनकपुर आउने भएपछि नेपालस्थित भारतीय दुतावासले जनकपुरलाई विशेष चासोको रुपमा हरेको छ ।
भारतीय राजदूत रणजित राय सोमबार जनकपुरै पुगेर धनुषाका सुरक्षा अधिकारी, जिल्लाका सभासद् एवम् विभिन्न राजनीतिक दलसँग छलफल गर्नुभएको छ ।
बैठकमा सहभागी पूर्वसभासद् फरमुद नदाफललगायत अधिकांशले जनकपुरको विकासका लागि भारतले ठोस रुपमा सहयोग पु¥याउनुपर्ने धारणा राखेका थिए । त्यस्तै व्यापारीले राजदूत रायलाई रेल्वे बन्द भएपछि निकै समस्या भएको र यसको लागि जटही मार्गको विकास गरेर भारतको पिरौनमा भन्सार कार्यालयको स्थापना गर्न पहल गरिदिन आग्रह गरेका थिए ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा पारिने स्थानीय प्रशासनले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबीच मोदीको सुरक्षालाई लिएर नियमित बैठक बसिरहेको धनुषाका प्रजिअ कृष्णप्रसाद ढुङ्गानाले बताउनुभयो ।
















प्रतिक्रिया