५ कार्तिक २०८३, बिहिबार

काँग्रेस र एमालेले पञ्चायत फर्काउन खोजेः प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ, १७ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस र नेकपा एमालेलगायतका सत्ताधारी दलले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरेको संयुक्त प्रस्तावलाई कडा आलोचना गर्नुभएको छ ।

काँग्रेस र एमालेले संयुक्त रुपमा सात प्रदेशको खाकासहित अघि सारेको प्रस्ताव अहिलेसम्म भएका सबै आन्दोलनको मर्मविपरित भएको भन्दै कडा आलोचना गरेको बैठकमा सहभागी एक सभासद्ले जानकारी दिनुभयो ।

सिंहदरवारमा बसेको संवाद समितिको बैठकमा अध्यक्ष प्रचण्डले पंचायत नै फर्काउने खेलमा काँग्रेस–एमाले लागेको समेत आरोप लगाउनु भएको थियो ।

प्रधानन्त्री एवं काँग्रेसका सभापति सुशिल कोइरालालाई सम्बोधन गर्दै दाहालले यस्तो प्रवृतिले राजनीतिक सम्बन्धमा समेत दरार ल्याउने चेतावनी दिनुभएको थियो ।

सत्तारुढ नेपाली कांग्रेस, एमालेसहितका दलहरुले तयार पारेको ७ प्रदेशसहितको साझा प्रस्ताव संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले साझा प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावमा कांग्रेस, एमाले, राप्रपा, माले, नेकपा संयुक्तसहितका दलले समर्थन गरेका छन् । साझा प्रस्तावमा भूगोलका आधारमा नामांकन गरिएको सात प्रदेशको प्रस्ताव छ ।