३१ आश्विन २०८३, शनिबार

दुर्घटनामा १३ सर्वसाधारण घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १७ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत यस जिल्लाको दुई अलगअलग स्थानमा सोमबार बिहान भएको दुर्घटनामा १३ सर्वसाधारण घाइते भएका छन् ।

चन्द्रपुर नगरपालिका–१ स्थित लमहा जङ्गलमा काठमाडौँबाट गाइघाट गइरहेको ना४ख ९३५७ नम्बरको बसले उछिन्न खोज्दा  क्रममा ना३ख १०४८ नम्बरको ट्रकलाई ठक्कर दिन पुगेको थियो । यस दुर्घटनामा बसमा सवार १३ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीका अनुसार घाइतेको अवस्था खतरामुक्त छ । पछाडिबाट ठक्कर दिने बसका चालक फरार छन् ।

यस्तै, पूर्व–पश्चिम राजमार्गकै लमहा जङ्गलमा आज बिहान ३ बजे विर्तामोडबाट काठमाडाँैतर्फ जाँदै गरेको ना४ख ३७१९ नम्बरको  बसले बाटो काट्दै गरेको भँैसीलाई बचाउने क्रममा ब्रेक लगाउँदा पछाडिबाट आइरहेको ना४ख ४६९८ नम्बरको अर्काे बसको ठक्करबाट दुई वटा भैँसीे मरेका छन् । रासस