काठमाडौँ, १७ कात्तिक । नेपाल वायुसेवा निगमको दोस्रो चिनियाँ जहाज ‘वाई–१२ जहाज नेपाल आइपुगेको छ । चिनियाँ पाइलटहरुले दिउँसो झण्डै २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
चिनियाँ सरकारले अनुदानमा उपलब्ध गराएको उक्त जहाज गत असार १६ गते नै नेपाल भित्रिने कार्यतालिका थियो ।
तर, जहाज निर्माता कम्पनी एभिक इन्टरनेशनले दोभासे ‘इन्स्ट्रक्चर’ पाइलटको अभाव देखाउँदै निगमलाई तोकिएको समयमा जहाज उपलब्ध गराएको थिएन् ।
चीनले अनुदानमा उपलब्ध गराएका दुईवटा जहाजमध्ये ‘एमए–६०’ वैशाख १४ गते नेपाल आइसकेको छ ।













प्रतिक्रिया