५ कार्तिक २०८३, बिहिबार

तीन महिनाकी गर्भवती श्रीमतीको हत्या गर्ने दलबहादुर प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम, १७ कात्तिक । आफ्नै श्रीमतीको हत्या गर्ने ताप्लेजुङको फुङ्लिङ घर भई तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ बस्ने दलबहादुर विश्वकर्मालाई  प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार सामान्य घरायसी झगडा हुँदा मादक पदार्थ सेवन गरी दलबहादुरले राति १२ बजे ३० वर्षीया श्रीमती विमला सार्कीलाई खुकुरी प्रहार गरेर हत्या गरी घरभित्र राखेको पाइएको प्रहरीले जनाएको छ ।

घरमा सुनसान देखेपछि छरछिमेकीले खोज्दै जाँदा मृतक विमलाको शव घरभित्रै भेटेपछि प्रहरीलाई खबर गरेका थिए । छरछिमेकीको उजुरीका आधारमा हत्यारालाई जिल्ला कारागार नजिकैबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको जिप्रकाका प्रमुख प्रहरी नायब उपरीक्षक विदुरकुमार गौतमले जानकारी दिनुभयो ।

मृतकको शवको जिल्ला अस्पताल तेह्रथुममा परीक्षण गरिएपछि मृतकका आफन्तले दाहसंस्कार गरिसकेका छन् । परीक्षणबाट महिला तीन महिनाको गर्भवतीसमेत रहेको देखिएको जिल्ला अस्पताल तेह्रथुमले जनाएको छ ।

सधैँ मादक पदार्थ सेवन गर्ने गरेका दलबहादुरले अनुहार र घाँटीमा खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गौतमको भनाइ छ । मृतकका एक डेढ वर्षीय छोरासमेत रहेका छन् ।