५ कार्तिक २०८३, बिहिबार

आमाको हत्यारा बाबु नै भएको रहस्य १० वर्षीय छोराले खोलेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hattya-1मोरङ, १७ कात्तिक । दाइजोकै निहुँमा श्रीमान् श्रीमतिबीच छोडपत्र हुने गरेका समाचार हामीले सन्दै आएका छौँ ।

केही समय अघि औधोगिक घराना चौधरी परिवारमा पनि दाइजोकै निहुँमा श्रीमान् श्रीमतिबीच छोडपत्र भएको समाचार सार्वजनिक भएको थियो ।

दाइजोको निहुँमा गरिव परिवारमा मात्र होइन धनाड्य परिवारमा पनि छोडपत्र हुने, बुहारी वा श्रीमतिको हत्या गर्नेसम्मका समाचार बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । हो, दाइजोकै निहुँमा मोरङको  बुधनगर–४ की मिरादेवी शर्माले आफ्नो लाउँलाउँ खाउँखाउँको उमेरलाई मृत्युमा बदल्न बाध्य भएकी छिन् ।परिवारका सवै सदस्य मिलेर मिरादेवीको विभत्स हत्या गरेको रहस्य खुलेको छ ।

हत्या गत कात्तिक १० गतेको भए पनि  परिवारका सवै सदस्य मिलेर हत्या पश्चात शवलाई जलाएर खाल्डोमा हाली पुरेका कारण हत्या बाहिर आएको थिएन् ।

तिहार छठको हतारोले मिरादेवी माइत गएको भन्ठानेर कसैले पनि त्यसबारे चासो दिएका थिएन ।  ‘जब उनका १० वर्षीय छोराले प्रहरी सामू बुबा (मिरादेवीका श्रीमान)चन्दन शर्माले आमालाई पहिला  चार थप्पड हानेको र आमा भुईंमा लडेपछि मुण्टो बटारेर हत्या गरेको बयान दिए तब घटना छताछुल्ल भयो ।

चन्दन शर्माले दाइजोका विषयमा यस अघि पनि पटक–पटक मिरादेवीलाई दुःख दिने गरेको स्थानीयले बताएपछि प्रहरीलाई हत्याका विषयमा पत्ता लगाउनु सहज भएको थियो ।

मिरादेवीको हत्या भएपछि परिवारै मिलेर हत्यालाई गुपचुप राखेको र शव गाड्न  सहयोग गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । प्रहरीले हत्याको आरोपमा मिरादेवीकी सासु बिन्दा शर्मा र जेठानी सरितादेवी शर्मालाई पनि पक्राउ गरेको छ । श्रीमान् शर्मा, जेठाजु देवानन्द शर्मा, ससुरा महेन्द्र शर्मा, देवर प्रकाश शर्मा र दिपक शर्मा भने फरार छन् ।