३१ आश्विन २०८३, शनिबार

ताप्लेजुङमा कस्ले गरायो बम विस्फोट ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, १७ कात्तिक । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ नजिकै गएराति कुकर बम विस्फोट भएको छ ।

राति करिव १० बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको माथिल्लो पटिको गेट नजिकै कुकर बम विस्फोट भएको र विस्फोटले मानविय तथा भौतिक कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपपी मेघराज कँडेलले जानकारी दिनुभयो । प्रहरीले विस्फोट भएको स्थानबाट केहि मिटर तार समेत बरामद गरेको छ । कस्ले के उद्धेश्यले विस्फोट गरेको खुल्न नसकेको प्रहरी प्रमुख कँडेलको भनाई छ । बम विस्फोटमा संलग्नको पहिचान हुन सकेको छैन ।