३१ आश्विन २०८३, शनिबार

बस दुर्घटनामा १० जना गुमाएको शोकमा आज इलाम बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-accident-hetauda2

इलाम, १७ कात्तिक । मकवानपुरको बस्तीपुरस्थित बसामाडी भन्ने स्थानमा शनिबार बिहान भएको बस दुर्घटना ज्यान गुमाएका इलामेको सम्झनामा आज इलाम बन्द गरिएको छ ।

इलामका बजार, कलकारखाना, उद्योगधन्दा, विद्यालय बिहानैदेखि बन्द छन् । इलाम उद्योग वाणिज्य संघको आइतबार बसेको बैठकले मृतकको सम्झनामा आधा दिन अर्थात् १२ बजेसम्म बजारका पसल, होटल आदि बन्द गरी शोक मनाउने निर्णय गरेको संघकी अध्यक्ष सुशिला सापकोटाले बताउनुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र नेपाल शिक्षक युनियन इलामले मृतकको सम्झनामा आजै सदरमुकामलगायत जिल्लाभरका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय बन्द गरेका छन् । युनियनका जिल्ला अध्यक्ष पूर्णप्रसाद गौतम र कुमार भक्तराजद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा विद्यालय बन्दको घोषणा गरिएको हो । होटल एसोसिएसन इलामले पनि मृतकको सम्झनामा आधा दिनसम्म होटल बन्द गर्ने निर्णय गरेको छ ।

मकवानपुरमा भएको दुर्घटनामा मरेका दश जनामा इलामका मात्र आठ जना परेका थिए ।