३१ आश्विन २०८३, शनिबार

गुल्मी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १६ कात्तिक । गुल्मी जिल्लाको अस्लेवामा जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

गुल्मी जिल्लाको अस्लेवामा शनिबार लु १ च ४८८७ नम्बरको जिप दुर्घटनामा परी गुल्मीको हंसरा–१ रगवाकी ११ वर्षीय ईश्वरी सुनारको उपचारका क्रममा आज मृत्यु हुन पुगेको हो ।

दुर्घटनामा परी १४ वर्षीया सीता विकको उपचारका लागि ल्याउँदै गर्दा शनिबार साँझ नै बाटोमा मृत्यु भएको हो भने सुनारको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा अन्य १४ जना घाइतेकोे युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

तिहारमा देउसी खेलेर सङ्कलन गरेको रकमबाट उनीहरू वनभोज गएका बेला जिप दुर्घटना भएको हो । रासस