सिन्धुपाल्चोक, १६ कात्तिक । सिन्धुपाल्चोक सदरमुकाम चौतारामा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयले गएराति दश जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चौतारा–३ बस्ने नारायण श्रेष्ठ, चन्द्र घले, प्रेमबहादुर खत्री, तेजबहादुर पुरी, रत्नबहादुर घले, चौतारा–७ बस्ने राजेन्द्र श्रेष्ठ, कृष्ण श्रेष्ठ, राजु श्रेष्ठ, रामचन्द्र श्रेष्ठ र बतासे–७ बस्ने श्याम अधिकारी रहेको प्रहरीले जनाएको छ । उनीहरूबाट बरामद भएको बाइस हजार तीन सय पाँच रुपैंया प्रहरीले चौतारास्थित वृद्धाश्रमलाई प्रदान गरेको छ । ती जुवाडेलाई अब दोस्रोपटक पनि फेला पारेमा कानुनअनुसार मुद्दा चलाइने चेतावनी दिइएको छ ।
















प्रतिक्रिया