३१ आश्विन २०८३, शनिबार

प्रेस चौतारी बागलुङको अध्यक्षमा शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-chautari-Nepal

बागलुङ, १६ कात्तिक । प्रेस चौतारी नेपाल बागलुङको शनिबार सम्पन्न पाँचौँ अधिवेशनले उमाकान्त शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

पन्ध्र सदस्यीय समितिका उपाध्यक्षमा नवीनशिशिर विक, सचिवमा सिर्जना पन्त, उपसचिवमा बालकृष्ण सुवेदी र कोषाध्यक्षमा रवीना बोहरालाई चयन गरिएको छ । त्यस्तै सदस्यमा युवराज कँडेल, कमला क्षेत्री, राजेश बर्देवा, खेमराज गौतम, सुमन रामदाम, रुद्र गौतम, अर्जुन कार्की, जयन्द्र उपाध्याय, वीरबहादुर थापा र भूपेन्द्र केसी रहनुभएको छ । नविनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

अधिवेशनले प्रेस स्वतन्त्रतालाई नयाँ बन्ने संविधानको प्रस्तावनामा उल्लेख गरी समयमै संविधान जारी गर्न माग गर्नेलगायत सातबुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको छ । त्यस्तै स्थानीय तहमा सञ्चालित सञ्चारमाध्यमलाई पत्रकारको पारिश्रमिक समयै उपलब्ध गराई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न ध्यानाकर्षण गराइएको नवनिर्वाचित अध्यक्ष शर्माले जानकारी दिनुभयो ।