धादिङ, १५ कात्तिक । ललितपुर नख्खीपोटका तीन युवा त्रिशुली नदीमा वेपत्ता भएका छन् । वेनिघाट १ मलेखुमा पिकनिक खान आएका ती युवा पौडी खेल्ने क्रममा नदीले बगाएको प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा रेमन्त थापा, नलपु राई र सुलभ गुरुङ वेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया