काठमाडौँ, १५ कात्तिक । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले एकदुई दलका नेताले रोइकराई गर्दैमा जातियताको आधारमा संघीयता नहुने दाबी गर्नुभएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गौतमले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले दलहरुबीच बिवादित विषयमा सहमति खोज्ने प्रयास भइरहेको भन्दै सहमति जुट्न नसके प्रकृयामा गएर भए पनि माघ आठमै संविधान जारी गर्ने ठोकुवा पनि गर्नुभयो ।
उहाँले केही संविधान बन्न नदिने षड्यन्त्र गरेको भन्दै त्यस्ता शक्तिलाई जनताले पाखा लगाउने चेतावनी पनि दिनुभयो । उहाँको उक्त भनाई एमाओवादीप्रति लक्षित थियो ।















प्रतिक्रिया