काठमाडौँ, १५ कात्तिक । संविधान लेखनका विवादित विषय सहमति खोज्नका लागि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा बसेको तीन दलको शीर्ष बैठक बिनानिश्कर्ष टुंगिएको छ।
बैठकमा विविध विषयमा छलफल भए पनि सहमति वा निर्णय केही नभएको बैठकमा सहभागी नेताहरुले जानकारी दिए ।
बैठकमा अध्यक्ष नेम्वाङले पटकपटक समयसिमा तोकेर मौका दिँदा पनि दलहरु संविधानका विवाद टुंग्याउन असफल हुँदा आमजनतामा नराम्रो सन्देश जाने भन्दै जसरी पनि सहमति पुग्न नेताहरुलाई आग्रह गर्नु भएको थियो ।
बैठकपछि बाहिरिने क्रममा एमाओवादीका अध्यक्ष प्रचण्डले आज र भोली सहमतिका लागि अन्तिम प्रयत्न हुने र सहमति नभए दलहरुको आ–आफ्नो पोजिसनसहित प्रतिवेदन संविधानसभामा प्रस्तुत हुने बताउनु भयो ।
अध्यक्ष नेम्वाङको पहलमा भएको उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, एओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला, संवैधानिक समितिका सभापति डा. बाबुराम भट्टराईको उपस्थिति थियो।
सहमतिका लागि पछिल्लो पटक तोकिएको म्यादको आज अन्तिम दिन हो।
















प्रतिक्रिया