३१ आश्विन २०८३, शनिबार

भारतीय रुपैयाँको अभावमा नेपाली ठगिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-paisa

महोत्तरी, १५ कात्तिक । भारतीय रुपैयाँको अभावमा अहिले महोत्तरीका नेपाली ग्राहक भारतीय बजारमा ठगिन बाध्य भएका छन् ।

महोत्तरीका सीमासँग जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, सीतामढी, मधवापुरलगायतका बजारमा नेपाली रुपैयाँको ठूलो अवमूल्यन गरेर व्यापारीले नेपाली ग्राहकलाई ठगिरहेका छन् ।

भारतीय बजारमा सर सामान खरिद गर्न पुगेका नेपालीसँग भारतीय व्यापारीले १०० भारुको सट्टा १६६ देखि १६८ सम्म नेपाली रुपैयाँ लिने गरेको जलेश्वर–४ का शिवचन्द्र चौधरीले बताउनुभयो ।

त्यस्तै बनौली–४ बस्ने वैद्यनाथ चौधरीले आफूले सीमापारीको बजारमा गएर १०० भारुका लागि १६६ नेपाली तिरेको बताउनुभयो ।

महोत्तरीको सीमासँग जोडिएको विभिन्न भारतीय बजारमा दैनिक पाँच हजारभन्दा बढी नेपाली ग्राहक जाने गर्दछन् भने दैनिक रु दुई करोडभन्दा बढीको सर सामान खरिद गर्ने गरेको भारतीय व्यवसायीले स्वीकारेका छन् ।