वीरगन्ज (पर्सा), १५ कात्तिक । वीरगन्ज कलैया सडकखण्डमा गएराति १० बजे भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
कलैयाबाट वीरगन्जतर्फ आइरहेको ना २९ प ६७६८ नम्बरको मोटरसाइकल र वीरगन्जबाट कलैयातर्फ गइरहेको ना ४ प ११८५ नम्बरको मोटरसाइल सो सडकखण्डको सिसहनियामा एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ना.४ प ११८५ का चालक बारा कलैया–५ का गोपाल अग्रवालको मृत्युभएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते अग्रवालको गएराति उपचारको क्रममा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी उनकी १५ वर्षीया छोरी सब्बी अग्रवाल र कलैया–८ का ना २९ प ६७६८ का चालक सुमन रेग्मीलाई थप उपचारका लागि गएराति नै काठमाडौँमा पठाइएको नारायणी अस्पताल वीरगन्जले जनाएको छ ।















प्रतिक्रिया