काठमाडौं, १५ कात्तिक । दशैँ–तिहार जस्ता हिन्दुहरुको महान चाड लगत्तै सुनको भाउ पनि ओरालो लागेको छ ।
सुनको भाउ यो साता मात्र १५ सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार तोलाको ५२ हजार रुपैयाँमा किनबेच भएको सुन शुक्रबार ५० हजार ५ सय रुपैयाँमा किनबेच भएको व्यवसायीको भनाई छ ।
अमेरिकी डलरको अधिमूल्यनसँगै सुनको मागमा कमी आउन थालेपछि भाउ घट्ने क्रम शुरु भएको संघको बुझाइ छ ।
चाँदीको दरभाउ पनि अन्तर्राष्ट्रिय मूल्यलाई पछ्याउँदै विगत ४ बर्षयताकै न्यून बिन्दुमा झरेको छ ।
शुक्रबार चाँदी तोलाको ६ सय ९५ रुपैयाँमा किनबेच भएको थियो । साताको पहिलो दिन आइतबार चाँदी ७ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।
आगामी केही हप्ता सुनचाँदीको भाउ क्रमशः घट्ने क्रम जारी रहने अनुमान महासंघले गरेको छ ।













प्रतिक्रिया