२९ आश्विन २०८३, बिहिबार

तोरी पेल्न दुई दिन हिँड्न बाध्य छन् बैतडीका बासिन्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडीमा, १४ कात्तिक । यहाँका वारकोट क्षेत्रका तीन वटा गाविसमा तोरीबाट तेल निकाल्ने मिल नहुँदा दुई दिन खर्चिनुपरेको छ । जिल्लाका अति दुर्गम रोकायगाउँ, नायकवाडा र रामीडाँडालगायतका गाविसका स्थानीय जनतालाई तोरीबाट तेल निकाल्न दुई दिन हिँड्नुपर्ने बाध्यता परेको हो ।

यहाँका उच्च भागमा तोरी कम उत्पादन हुने भएपनि थोरै उत्पादन भएको तोरीबाट तेल निकाल्न पनि तीन गाविस हिँडेर सक्ला गाविसको सेपुखोलामा आउनुपर्ने हुँदा दुःख धेरै हुने गरेको नायकवाडा–७ का कृष्णबहादुर शाहीले जानकारी दिनुभयो ।

चिसो र सिँचाइ सुविधा नभएका कारण यहाँका तीन गाविसमा तोरी उत्पादन कम हुने गर्दछ । थोरै उत्पादित तोरीबाट तेल निकाल्न नजिक मिल नभएका कारण दुई दिन हिँड्न बाध्यता भएको हो ।

वारेकोटमा बाहिरबाट तयार पारी पसलमा ल्याइएका पोके तेल महङ्गो र गुणस्तरयुक्त नभएका कारण यहाँका मानिसहरूले प्रयोग नगर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

वारेकोट क्षेत्र जुम्लाको सिमानासँग जोडिएका कारण अत्यन्तै विकट हुनुका साथै विकास हुन सकेको छैन । रासस