नुवाकोट, १४ कात्तिक । नुवाकोटको बेतिनी गाउँ विकास समितिको वडा नं ५ की एक महिलालाई स्थानीयवासीले बोक्सीको आरोप लगाई कपाल मुण्डन गरी कुटपिट तथा दुव्र्यवहार गरेका छन् ।
महिलालाई दुव्र्यवहार गरेको आरोपमा नुवाकोट प्रहरीले मुख्य नाइके ३५ वर्षीया सुनीमाया तामाङ र ३१ वर्षीया मनमाया तामाङलाई पक्राउ गरेको छ ।
कात्तिक ९ गते स्थानीय महिलाले बोक्सी भएको आरोप लगाउँदै साँझ ५ बजेको समयमा हँसियाले कपाल काटी, मलमूत्र खुवाउने प्रयाससमेत गरेको र शरीरको विभिन्न स्थानमा चोट लाग्ने गरी कुटपिटसमेत गरेको पीडित महिलाले बताएकी छिन् ।
पीडितले नाम नै किटानी गरी दिएको उजुरीको आधारमा पीडकहरु सुनीमायाँ तामाङ र मनमाया तामाङलाई जिल्ला अदालत नुवाकोटमा बोक्सीको आरोप लगाई यातना दिएको मुद्दामा म्याद थप गरी कारबाही सुरु गरिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।















प्रतिक्रिया