३१ आश्विन २०८३, शनिबार

प्रहरीको विशेष टोलीद्वारा अवैध सामान बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १४ कात्तिक । अञ्चल प्रहरी कार्यालय झापा मेचीको विशेष प्रहरी टोलीले इलामको पशुपतिनगर–मानेभञ्ज्याङ इलाकाबाट करिब तीन लाख मूल्य बराबरका अवैध सामग्री बरामद गरेको छ ।

विशेष टोलीले पशुपतिनगर–४ बाट नेपाल भित्र्याउन लागिएको दुई लाख ८६ हजार १९० बराबरको चुरोट र लत्ताकपडा बरामद गरेको हो ।

बरामद गरिएका सामग्री भन्सार कार्यालय पशुपतिनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिनुभयो । रासस