३१ आश्विन २०८३, शनिबार

वीरगन्जमा अतिक्रमण गरिएका घर भत्काउन सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज (पर्सा), १४ कात्तिक । वीरगन्ज उपमहानगरपालिकाभित्र सार्वजनिक जग्गा तथा सडक अतिक्रमणविरुद्ध अभियान सञ्चालन गरिएको छ ।

वीरगन्ज नगरलाई सभ्य र भव्य बनाउनका लागि कात्तिकको पहिलो साताबाट नै वीरगन्ज उपमहानगरपालिकाले विशेष अभियान सञ्चालन गरेको हो । सडक अतिक्रमणविरुद्ध भने यही कात्तिक १७ गतेबाट अभियान सञ्चालन गर्न लागिएको वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

उहाँले सडक अतिक्रमण गरी जथाभावी बनाइएका घर र टहरा हटाउनका लागि सार्वजनिक रुपमा नगरवासीलाई आह्वान गरिसकेको र १७ गतेसम्म पनि घर टहरा आफँैले नहटाएको खण्डमा उपमहानगरपालिका आफँैले घर तथा टहरा भत्काउने बताउनुभयो ।

एसियाली विकास बैंकको सहयोगमा वीरगन्जको सडकसहित नाला तथा ढल व्यवस्थित गर्न लागिएको हो । वीरगन्जको प्रिपामा भने सडक विस्तार कार्य पनि उपमहानगरपालिकाले सुरु गरिसकेको छ । रासस