५ कार्तिक २०८३, बिहिबार

संसारभर नाम चम्काएका डाक्टर कुमुद धिताललाई प्रधानमन्त्रीले दिए बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kumud-dhital

काठमाडौँ, १३ कात्तिक । मृत मानिसको मुटु बिरामीमा प्रत्यारोपण गरी सफलता प्राप्त गर्नुभएका अस्ट्रेलियामा कार्यरत नेपाली डा कुमुद धिताललाई प्रधानमन्त्री सुशील कोइरालाले टेलिफोन गरी बधाई दिनुभएको छ ।

प्रधानमन्त्री कोइरालाले बिहीबार अपरान्ह टेलिफोन गरी डा धिताललाई बधाई दिनुभउको हो । चिकित्सा क्षेत्रमा नै अद्भुत मानिएको यस सफलता नेपाली चिकित्सकको े प्रयासमा प्राप्त हुनु समस्त नेपाली र सिङ्गो राष्ट्रकै गर्वको विषय भएको प्रधानमन्त्रीको भनाइ थियो ।

टेलिफोन वार्तामा प्रधानमन्त्री कोइरालाले उहाँको सफलताले मुटुको खराबीको कारण जीवन गुमाउन पर्ने अवस्थामा रहेका संसारभरका मानिसमा पुनर्जीवनको आशा पलाएको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले आउँदा दिनमा थप सफलता प्राप्त गर्न डा धिताललाई शुभकामना पनि दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

सेन्ट भिसेन्ट अस्पताल र भिक्टर चाङ कार्डियाक रिसर्च इन्स्टिच्युटको संयुक्त प्रयासमा मृत अर्थात् धड्कन बन्द भएको मुटुलाई पुनः सक्रिय पारी यन्त्रमा राखेर बिरामीमा प्रत्यारोपण गर्ने सफलता प्राप्त भएको थियो । डा धिताल सेन्ट भिसेन्ट अस्पतालमा मुटु प्रत्यारोपण विभागमा विशेषज्ञ शल्य चिकित्सक हुनुहुन्छ ।