३१ आश्विन २०८३, शनिबार

बाँकी जिल्ला र क्याम्पसको अधिवेशन गर्न प्रतिनिधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Student-Union1-600x240काठमाडौं, १३ कात्तिक । नेपाल विद्यार्थी सङ्घले अधिवेशन सम्पन्न गर्न बाँकी ११ वटा जिल्ला र सात क्याम्पसको अधिवेशनका लागि प्रतिनिधि खटाएको छ ।

प्रतिनिधि विवादलगायतका कारणबाट पटक–पटक महाधिवेशन स्थगित गर्दै आइएकामा आगामी कात्तिक ३० देखि मङ्सिर १ र २ गते छैटौँ पटक महाधिवेशनको मिति तय गरिएको छ ।

सङ्घका प्रवक्ता युपि लामिछानेका अनुसार कास्की, भक्तपुर, पर्सालगायतका ११ जिल्ला र विश्वविद्यालय क्याम्पस कीर्तिपुरसहितका सातवटा क्याम्पसको अधिवेशन आगामी कात्तिक १८ गतेभित्रमा सम्पन्न गर्ने गरी प्रतिनिधि खटाइसकिएको छ ।

महाधिवेशनको तयारीका लागि नेविसङ्घ केन्द्रीय समिति र पार्टीको निर्देशक समितिको बैठक औपचारिक एवम् अनौपचारिक रूपमा बसिरहेको छ ।

महाधिवेशनबाट अब बन्ने समिति १५१ सदस्यीय हुने किसिमले विधान संशोधनको प्रस्ताव तयार गरी पार्टीको निर्देशक समितिमा पठाइसकिएको प्रवक्ता लामिछानेले बताए ।

महाधिवेशनमा आउने प्रतिनिधिको आवासका लागि बालाजु, नयाँ बसपार्क, सुन्धारालगायतका स्थानका होटल सुरक्षित गरिने भएको छ ।