३१ आश्विन २०८३, शनिबार

कांग्रेस र एमालेबीच मिलेर जाने सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Umlकाठमाडौं, १३ कात्तिक । सत्तारुढ कांग्रेस र एमालेले संविधानका मुख्य विषयहरुमा समान धारणा बनाउने विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संविधानका मुख्य विवादित विषयहरु प्रदेशको सङ्ख्या, शासकीय स्वरुपलगायतका विषयमा सहमति कायम गर्न आन्तरिक छलफल गरिएको कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

उनले एमाओवादीसँगको बैठकपछि साझा धारणा निर्माणका सम्बन्धमा टुङ्गोमा पुगिने बताए ।

एमाले उपाध्यक्ष भीम रावलले कांग्रेस र एमालेबीच संविधानमा मुख्य विवादित विषयमा साझा अवधारणा बनाएर अघि बढ्ने विषयमा आन्तरिक छलफल भएको बताए ।

दुई दलबीच धेरै कुरा मिलेको र निर्धारित माघ ८ गतेभित्र संविधान निर्माणको तालिका परिवर्तन नगर्ने कुरामा दुवै दल दृढ रहेको पनि उनले जानकारी दिए ।

कांग्रेसका नेता शेरबहादुर देउवाले आजको तीन दलको बैठकमा संविधानका विवादित विषयमा सहमति कायम गर्न अधिकतम प्रयास गरिने बताए ।