काठमाडौं, १३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको दीघवा गाविसका सचिव नारायण यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सचिव यादवसँग तीन लाख ८७ हजार छ सय विगोसहित मुद्दा दायर गरेको हो ।
उनले आर्थिक वर्ष २०६७/६८ मा जेष्ठ नागरिक, एकल महिला, विधवा, अपांग तथा विपन्न नागरिकलाई वितरण गर्नुपर्ने रकम आफू कुम्याएको अख्तियारको दावी छ ।
अख्तियारले भ्रष्टाचार ऐन २०५९ को दफा १७ उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।















प्रतिक्रिया