२९ आश्विन २०८३, बिहिबार

नयाँ उद्योग-व्यवसाय ऐन आएपछि ५० हजार युवालाई रोजगारी : मन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh-basnet

मोरङ, १३ कात्तिक । उद्योगमन्त्री महेश बस्नेतले सरकारले नयाँ उद्योग व्यवसाय ऐन ल्याउन लागेको बताउनुभएको छ ।

बिहीबार छठ पूजामा अस्ताउँदो सूर्यलाई अर्घ दिन विराटनगरको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा पुग्नुभएका मन्त्री बस्नेतले सञ्चारकर्मीसँग कुराकार्नी गर्दै उद्योग ऐन आएपछि ५० हजार युवाले प्रत्यक्ष रोजगार पाउने बताउनुभयो । उक्त ऐनमा साना तथा ठूलो उद्योगलाई समेट्ने र सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रको विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

जुट उद्योग बन्द हुन थालेको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै मन्त्री बस्नेतले जुट उद्योग नेपालको इतिहास भएकाले बन्द रहेका त्यस्ता उद्योगलाई सरकारले सकेसम्म सहयोग गर्ने बताउनुभयो ।

एमालेका युवानेतासमेत रहनुभएका मन्त्री बस्नेतले अर्काे फरक प्रसङ्गमा तोकिएको समयमा सबैलाई मान्य हुने संविधान र सङ्घीय प्रदेशको खाका आवश्यक रहेको बताउनुभयो ।