५ कार्तिक २०८३, बिहिबार

विश्वको उत्कृष्ट सूचीमा दुई नेपाली महिला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ कात्तिक । बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बिबिसी)को बनाएको संसारभरका सय महिलाको सूचीमा नेपालका जया लुइँटेल र दर्शन कार्की परेका छन् ।

लुइँटेल पत्रकार र महिला अधिकारकर्मी हुन् भने कार्की द काठमाडौँ पोष्ट दैनिककी विचार पृष्ठ सम्पादक र ब्लगर हुन् ।

कला, साहित्य, उद्यम राजनीतिजस्ता पेसामार्फत महिला सशक्तीकरणमा महत्वपूर्ण प्रभाव पार्नेलाई विश्वभरिबाट छनोट गरी बिबिसीले प्रत्येक वर्ष सय जना उत्कृष्ट महिलाको सूची सार्वजनिक गर्छ । बिबिसीले आफूले बनाउने समाचार र उठाउने विषयवस्तुमा महिलाको पनि प्रतिनिधित्व र योगदान होस् भनेर २०१३ सालदेखि यस्तो सूची बनाउन सुरु गरेको हो । रासस