३१ आश्विन २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा नवलपरासीमा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, १३ कात्तिक । भुमही भैरहवा सडकखण्डको रानिपाकडमा गएराति भएको सडक दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

भुमहीबाट परासीतर्फ जाँदै गरेको लु१६प ३०४७ नम्बरको मोटरसाइकलमा सवार तीनमध्ये दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो । अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा रामनगर वडा नं ९ फरौलीका २३ वर्षीय गौतम चौधरी र २४ वर्षीय राजकुमार चौधरी रहेका छन् । घाइते २२ वर्षीय सिर्जन यादवको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।