३१ आश्विन २०८३, शनिबार

पोखरामा प्याराग्लाइडिङबाट खसेर अमेरिकी नागरिक घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १२ कात्तिक । कास्कीको सराङ्कोटको डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा एक अमेरिकी पर्यटक घाइते भएकी छिन् ।

सराङ्कोटबाट प्याराग्लाइडिङ गर्दै सेती बगरमा अवतरण गर्ने क्रममा बुधबार बिहान अचानक लड्न गई अमेरिकी महिला नागरिक लाउरा ओगटोन घाइते भएकी हुन् । उनको दाहिने खुट्टा भाँच्चिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनको गण्डकी मेडिकल अस्पतालमा उपचार भइरहेको छ ।