३१ आश्विन २०८३, शनिबार

क्षतविक्षत पारेर फालिएकी यी महिला को होलिन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १२ कात्तिक । रौतहटमा क्षतविक्षत अवस्थामा एक महिलाको शव फेला परेको छ ।

लक्ष्मीनिया गाविस–२ फतुवा हर्साहा जाने बाटोको बाँसघारीमा एक महिलाको शव जलेर क्षतविक्षत अवस्थामा भेटिएकोे इलाका प्रहरी कार्यालय लक्ष्मीनियाका प्रहरी सहायक निरीक्षक तुलसी पौडेलले बताउनुभयो । बुधबार बिहान भैँसी चराउन गएका गाउँलेले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । टाउकोदेखि घँुडासम्म ठाउँठाउँमा जलेको, देब्रे हात र देब्रे खुट्टा पूरै जलेको तथा अर्धनग्न अवस्थामा अन्दाजी २५/३० वर्षकी महिलाको शव भेटिएको प्रहरी सहायक निरीक्षक पौडेलले बताउनुभयो ।

शवको प्रकृति हेर्दा अन्यत्र जलाएर यहाँ ल्याई फालिएको तथा शव नजिकै एकजोडी चप्पल र मास्क भेटिएको प्रहरीले जनाएको छ । शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको रौतहट प्रहरीले जनाएको छ ।