पाँचथर, १२ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको २२ दलीय मोर्चाले पाँचथरको फिदिममा आगामी कात्तिक १८ गते भव्य आमसभा गर्ने भएको छ ।
बुधबार बिहान फिदिममा पत्रकार सम्मेलन गरी आमसभा गर्ने तयारी गरेको मोर्चाले जानकारी गराएको हो । पहिचान र अधिकारसहितको सङ्घीय संविधान निर्माणका लागि दबाब दिने भन्दै आमसभा गर्न लागेको मोर्चाले जनाएको छ । मोर्चाले पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुम जिल्लाबाट गरी झन्डै २० हजार कार्यकर्ता सभामा उतार्ने तयारी गरेको छ । कार्यक्रम सफल पार्न विभिन्न आठ वटा उपसमितिसमेत गठन गरेको छ ।
सभालाई नेकपा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरम नेपालका उपेन्द्र यादव, सद्भावना पार्टी अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईलगायतले सम्बोधन गर्नेछन् ।
२२ दलीय मोर्चाले आगामी २३ गते जनकपुरमा र २८ गते धनगढीमा पनि आमसभा गर्दैछ ।
















प्रतिक्रिया