कञ्चनपुर, १२ कात्तिक । नेपाल बैंक लिमिटेड झलारी उपशाखा ११ वर्षदेखि पुर्नस्थापना नहुँदा स्थानीय बासिन्दाको करोडौंको बैंकिङ कारोबार प्रभावित भएको छ ।
विसं २०३८ मा स्थापना भएको बैंक पुर्नस्थापना नहुँदा झलारी, पिपलाडी, दैजी, कृष्णपुर, देखतभुली गाविसका बासिन्दाको कारोबार प्रभावित भएको हो ।
झलारीमा एक मात्र सरकारी बैंकको रुपमा रहेको उक्त उपशाखा द्वन्द्वकाल सुरु भएपछि २०५९ सालतिर महेन्द्रनगर विस्थापित भएपछि पुर्नस्थापना गराउने स्थानीय प्रयास सफल हुन सकेका छैनन् ।
नेपाल बैंक लिमिटेडका दार्चुलाको गोकुलेश्वर, बैतडीको हाट, बझाङ बिचगडा, डडेल्धुराको जोगबुडा, डोटीको जोरायल, अछामको ढकारी र पञ्चदेवल शाखा पनि दशकदेखि विस्थापित छन् । रासस













प्रतिक्रिया